सुशासन प्रबद्र्धन गर्न नागरिक समाजको आग्रह

Posted on: 17 Feb, 2018

फागुन ५, कालिकोट | नागरिक समाज कालिकोटको मासिक बैठक शनिवार मान्ममा सम्पन्न भएको छ । सुशासन पारदर्शिता र जवाफदेहितालाई आत्मसाथ गर्दै नागरिक समाज कालिकोटका सह–संयोजक लिलाराम न्यौपानेको अध्यक्षतामा मासिक बैठक शनिबार बसेको हो ।

कालिकोट जिल्लाका स्थानीय तहलाई कसरी सूचनामैत्री बनाउन सकिन्छ भन्ने विषयमा नागरिक समाजका अगुवाको बैठक बसेको हो । माघ महिनासको समीक्षा र आगामी दिनमा गर्नुपर्ने क्रियालापको विषयमा समेत छलफल गरिएको छ । जिल्लाका स्थानीय निकायले सार्वजनिक खरिद ऐन तथा सार्वजनिक खरिद नियमावली अनुसार सेवा तथा सामाग्री खरिद नगरेको भनी स्थानीय नागरिकबाट जनगुनासो आएकाले आवश्यक जाँचबुझ गर्न जिल्ला समन्वय समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय निकायले सुशासन ऐन २०६४ स्थानीय निकाय सञ्चालन ऐन ७८ को दफा ५ अनुसार सार्वजनिक सुनुवाईनगरेकाले सार्वजनिक सुनुवाई गरि नागरिकको हक कार्यान्वयनका लागि स्थानीय निकायलाई अनुरोध गर्ने, आर्थिक वर्ष २०७४/०७५ मा जिल्लाका अधिकांश विद्यालयमा पूण रुपमा पाठ्यपुस्तक नपुगेरै शैक्षिक सत्र सकिन थालेकाले आगामी २०७५/०७६ का लागि स्थानीय निकायमार्फत पाठ्यपुस्तक सवै विद्यालयमा पुर्याउन अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

जिल्लाका तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिकालाई सार्वजनिक सुनुवाई गर्नका लागि नमराज योगि, पवित्रा जैसी र पुष्पराज भट्टराईलाई समन्वयका लागि जिम्मेवारी समेत दिइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!