अबैध काठ सहित कपिलवस्तुमा एक जना पक्राउ

Posted on: 18 Feb, 2018

माधव बेल्वासे | फागुन ६, चन्द्रौटा | कपिलबस्तुको शिबराज नगरपालिकाको १ भलुहिमा अबैध सालको काठ र टेक्टर सहित एक  जना पक्राउ परेका छन । इलाका वन कार्यलय शिबपुरका वन अधिकृत रघुनाध दास र वडा प्रहरी कार्यालय चन्द्रौटाको सयुंत्त गस्ति टोलीले अबैध सालको काठ  र टेक्टर सहित एक जनालाई पक्राउ गरेको हो । गस्ती टोलीले नम्बर प्लेट नभएको टेक्टरमा अबैध रुपमा लोड गरि चोरी निकासी गर्ने क्रममा शिबराज नगरपालिका १ भलुहि निवासी अशोक कुमार चौधरीलाई  प्रकाउ गरेको  शिबपुरका वन अधिकृत रघुनाध दासले जानकारी दिनुभयो । करिव १२ क्विफुट सालको काठ बरामद गरेको उहाले बताउनु भयो । 

उक्त काठको बजार मुल्य ४० हजार रुपैयाँ बराबर रहेको छ । प्रशासन र बन कार्यलयलाई छलेर लैजान लागेको उक्त सालको काठ सेक्टर वन कार्यालयमा राखीएको छ । पक्राउ परेको टेक्टर र चालकको  विषयमा थप अनुसन्धान भइरहेका सेक्टर बन कार्यालय चन्द्रौटाका प्रमुख रामहरी सेढईले जानकारी दिनुभयो । काठ तस्कारीमा संलग्न अन्यलाई पक्राउ गरी वन ऐन अनुसार कारवाहि गरीने उहाले बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!