संखुवासभामा माटोले पुरिएर सासूबुहारीको मृत्यु

Posted on: 19 Feb, 2018

फागुन ७, संखुवासभा | संखुवासभा जिल्लाको मादी नगरपालिका–४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा आज एकै परिवारका सासूबुहारीको घटनास्थलमा नै माटोले पुरिएर मृत्यु भएको छ । 

करिब ५० वर्षीय टीकादेवी शंकर र २० वर्षीया मनिषा विकको माटोले पुरिएर मृत्यु भएको हो । मृतकको लास चैनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको भए तापनि चिकित्सक आइनपुगेका कारण शवपरीक्षण हुन नसकेको इलाका प्रहरी कार्यालय, चैनपुरले जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!