जिल्ला ट्राफिक कार्यालय रामेछापले विद्यार्थीलाई ट्राफिक नियम सिकाउदै

Posted on: 19 Feb, 2018

फागुन ७, रामेछाप । जिल्ला ट्राफिक कार्यालय रामेछापले विद्यार्थी केन्द्रित ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक कार्यक्रम सुरु गरेको छ ।


ट्राफिक लेन मार्किङ, ट्राफिक लाइट, रोड साइट क्रस, लाइसेन्स, विलबुक, हेलमेट, ट्राफिक सावधानी सम्बन्धि जानकारी दिने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

आइतबार रामेछापको झंगेरी माध्यमिक विद्यालयबाट सुरु भएको जनचेतनामुलक कार्य जिल्लाको विभिन्न विद्यालयहरुमा सञ्चालन गरिने जिल्ला ट्राफिक कार्यालय रामेछापले जनाएको छ ।

“हाम्रो कक्ष ट्राफिक शिक्षा” नारा सहित सुरु भएको कार्यक्रमको जिल्ला ट्राफिक कार्यालय रामेछापका इन्चार्ज प्रहरी सहायक निरिक्षक ओमप्रकाश मण्डलले सहजिकरण गरिरहेको छ । 

जिल्लाभरीका विद्यार्थीहरुलाई यसरीनै ट्राफिक शिक्षा दिन पाएमा प्रभावकारीता अझ बढि हुने ट्राफिक प्रहरीको अनुमान छ ।

कार्यक्रमको अन्तमा भंगेरी माध्यमिक विद्यालयका विद्यार्थीहरुले ट्राफिक सम्बन्धि सैदान्तिक र व्यवहारिक ज्ञानको शिक्षा लिन पाएकोमा खुसि भएको प्रतिक्रिया दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!