हुनैनाथ बाल विद्यालयको १५औं बार्षिकोत्सव सम्पन्न

Posted on: 19 Feb, 2018

भास्कर के.सी/फाल्गुन ७, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका– २उल्टाखाम हुनैनाथ बाल विद्यालयको १५ औँ बार्षिकोत्सव सम्पन्न भएको छ । 


प्रजातन्त्र दिवको अवसरमा शहिदहरुमा सम्मान कार्यक्रम सहित बार्षिकोत्सव मनाइएको हो । उक्त कार्यक्रममा स्वागत मन्तव्य शिक्षक भुपेन्द्र सिह धामीलेगर्नु भएको थियो । विद्यार्थीहरुले विभिन्न विद्यामा आफ्ना प्रतिभाहरु गीत संगीत, नाचहरु प्रस्तुत गरेका थिए । 

त्यसैगरी विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत शिक्षकहरुलाई सम्मान गरियो सम्मान पाउनेमा भुवन प्रसाद जोशी, दुर्गा दत्त कलौनी र अमर सिहं डोबाल लाई जिशिकाका शाखा अधिकृत राम दत्त जोशी र प्रिन्सीपल गंगादत्त भट्टले प्रमाण पत्र प्रदान गरी सम्मानित गर्नु भएको थियो । 

कार्यक्रम व्यवस्थापनमा शिक्षक शिक्षिका राम दत्त भट्ट, राजेन्द्र भट्ट, कलावती जोशी भट्ट लगायतले गर्नु भएको थियो । विद्यालयका प्रिन्सीपलले विद्यालयको गतिविधि सहित आगामी कार्यक्रमको योजना प्रस्तुत गुर्न भएको थियो ।

विद्यालय व्यवस्थापन अध्यक्ष दान सिहं खडायतको सभापतित्व भएको उक्त कार्यक्रममा जि.शि.का कञ्चनपुर शाखा अधिकृति राम दत्त जाशीको प्रमुख आतिथित्य रहेको थियो भने विशिष्ट आतिथित्यमा  सरस्वति उ. मा. वि. उल्टाखामका साहायक प्रधानाध्यापक नवराजपन्त र अतिथिमा  सरस्वती उ.मा.वि.का शिक्षक लक्ष्मण जोशी रहनुभएको थियो । 

कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्रिन्सीपल दर्गा दत्त कलौनीले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!