पोखरामा बम विष्फोट, प्रहरी र पत्रकार घाइते

Posted on: 20 Feb, 2018

फागुन ८, पोखरा । पोखराको बिजयपुर खोलामा बम विष्फोट भएको छ । विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् ।


पत्रकार पाण्डेको दाहिनेपट्टि टाउको र घाँटीमा चोट लागेको छ । पाण्डेसँगै एकजना प्रहरी जवान र अर्का एक सर्वसाधारण पनि घाईते भएको बताइएको छ ।

घाइतेलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको छ । समाचार संकलनको क्रममा रहेका पत्रकार र सुरक्षामा खटिएका प्रहरी बम विस्फोटमा परेका हुन् ।

विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगाको बम नेपाली सेनाले निस्कृय पारे पनि विजयपुरको बम भने निस्कृय पार्नुअघि नै विस्फोट भएको हो । 

यसैबीच, झापाको दमकमा पनि विष्फोट भएको छ । दमक–६, घिमिरे सुपरमार्केटमा रहेको एक पसलमा विष्फोट भएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!