४५ दिनमा अग्नी पिडितले पाए राहत

Posted on: 20 Feb, 2018

टेकबहादुर शाही | फागुन ८, डोल्पा | मुड्केचुला गाउपालिका ९ होर्तका अग्नी पिडितले ४५ दिनमा राहात पाएका छन । पुस २६ गते होर्त गाउमा आगलागि हुदा ९ घर जलेर खरानी भएका थिए । घर जलेर खरानी भएका परिवारलाइ जिल्ला दैबिक उद्धार कोषले प्रति परिवार १५ हजार नगद राहात प्रदान गरेको जिल्ला दैबिक उद्धार कोषका अध्यक्ष प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि दिए । 

आगलागीबाट घरवार घुमाएका ९ घर परिवारले ४ करोड बरावरको क्षेति ब्यहोरेका थिए । घर गुमाएका घरपरिवार महिना दिन बित्दा पनि आफन्तको घरमा बस्दै आएको पिडित शान्ती बुढाले बताइन । उनका अनुसार सरकारले दिएको यो राहातले घरपरिवारको दैनिकि चल्ने बताइन । उनि भन्छीन बस्ने घरको त आसा छैन लत्ता कपडा पनि छैन सबै गुम्यो ।

तश्विरमा: १–२ जिल्ला दैबिक उद्धार कोषबाट १५ हजार नगद र ब्लाङकेट प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाबाट बुझदै पिडित ६० बर्षीया कर्णबहादुर बुढा ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पा,नेपाल रेडक्रस सोसाइटि डोल्पा र नागरिक समाज डोल्पाले अग्नी पिडितको लागि संकलन गरेको १ लाख २ हजार नगद मुड्कचुलाका ९ घरपरिवार र त्रिपूरा सुन्दरी नगरपालिका पाहाडा ३ घरपरिवार गरि १२ घरपरिवारलाइ ८ हजार ५ सयका दरले राहात स्रुप हस्तानत्रण गरेको नागरिक समाज डोल्पाका अगुवा योगेन्द्र बुढाले जानकारि दिए । उनका अनुसार बिपतका बेलामा थोरै भए पनि दैनिकि चलोस भन्ने उद्धेश्यले संयूक्त राहात सँकलन गरेर पिडितलाइ सहयोग गरेको बताए । 

अग्नी पिडितका लागि नेपाल ग्रामिण तथा पुन निर्माण संस्था आरआरएनले पनि प्रति घरपरिवार ४ थान ब्लाङकेट र बाटो खर्च नगद ४ हजारका दरले मुड्केचुलाका ९ घरका साथै बाटो खर्च २ हजार र ४थान ब्लाङकेट त्रिपूरा सुन्दरी नगरपालिका पाहाडाका ३ घरपरिवारलाइ प्रादन गरेको जिवीको पार्जन तथा स्थानीय शासन अधिकृत छवि खानलले जानकारि दिए । प्रकोप जोखिम न्यूनिकरण सम्बन्धी काम गर्ने भएकोले संस्थाले सहयोग गरेको र यो सानो सहयोगले अग्नी पिडितलाई केहि हद सम्म भए पनि रहात पुग्ने सामाजिक सुपरभाइजर दिपक पाहाडिले बताए । 


तश्विरमा: पत्रकार महासंघ नागरिक समाज र नेपाल रेडक्रस सोसाइटिले संकलन गरेको नगद १ लाख २ हजार प्रमुख जिल्ला अधिकारीलाइ हस्तानत्रण गर्दै नागरिक समाजका अगवा । 

जिल्ला सदरमुकामबाट ४६ कोष टाढाबाट दुनैमा राहात लिन पुगेका अग्नी पिडितहरुले सहयोग गरिदिने जिल्ला दैबिक उद्धार कोष अन्य संघसंस्था र प्रकार महासंघलाइ दुखका पिडा पोख्दै भक्कानिदै लाखौ लाख धन्यबाद दिए । घर गुमेको छ बस्ने ठाउछैन आपन्तको घरमा आश्रय पाएका छौ हाम्रो सबै गुम्यो लौ न सरकार बाचाइ देउ पिडित कर्णबहादुर रोकाया राहात थाप्दै भक्कानिए । 


तश्विरमा: आरआरएन संस्थाले प्रदान गरेको ४ थान ब्लाङकेट बुझदै पिडित पिपला रोकाया

मनभरि पिडा लिएर राहात लिन आएका अग्नी पिडितहरुको पिडा उनिहरुको मात्र नभएर हामी सबैको हो सबैले मिलेर सहयोग गरौ भन्दै आफुले पनि हुने सम्मको सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले शानत्वना दिए । उनले भने नागरिक समाज, पत्रकारमहांसघ र रेडक्रसले सानो रकम जम्मा गरि पिडितलाइ प्रदान गरेको राहात करोडौमा मुल्याङकन गर्न सकिने बताए । 

सानो सानो रकमबाट हजारौ रकम अग्नी पिडितलाइ प्रदान गरेकोले सहि रुपमा सदुपगोग गर्न सबैले पिडितलाइ सुझाव दिए । प्रतिघर परिवारले नगद २३ हजार ५ सय रुपैया नगद र ४ वटा ब्लाङकेट पाएको जिल्ला दैबिक उद्धार कोष डोल्पाले जानकारि दिएको छ ।  


तश्विरमा: राहत बुझेका पिडितहरु दुख पोख्दै |

यस बिषयमा तपाइको प्रतिक्रिया...!