काठमाडौँमा एकाबिहानै भूकम्पले हल्लाउँदा हल्लीखल्ली मच्चियो

Posted on: 21 Feb, 2018

फागुन ९, काठमाडौँ | काठमाडौँमा केहिबेर अघि भूकम्पको धक्का महशुस भएको छ । भूकम्पको धक्का महशुस भएपछी सुतेका मानिसहरु समेत ब्युझिएर एकअर्कालाई भूकम्प गएको बारे जानकारी गराउंदा चर्को हल्ला सुनिएको छ । काठमाडौँमा आज बिहान करिव २:२० बजे भूकम्पको धक्का महशुस गरिएको हो ।

बुधबार (आज) को भूकम्प काठमाडौँ र भक्तपुर आसपासलाई केन्द्रबिन्दु बनाई भूकम्प गएको जानकारी प्राप्त भएको छ । तर कति रेक्टरको भूकम्प भन्ने जानकारी आएको छैन | यस बिषयमा भूकम्प मापन केन्द्रले समेत कुनै जानकारी उपलब्ध गराएको छैन | भूकम्प आएको बिषयमा फेसबुकमा समेत बिभिन्न जिज्ञाशाहरु गरिएका छन् | कहिले भने भूकम्पले निन्द्रा बिथोलेको भन्दै फेसबुकमा स्टाटस हालेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!