जिल्ला अदालत बैतडीद्वारा बालिका बलात्कारपछि हत्या गर्ने एक युवकलाई जन्मकैदको फैसला

Posted on: 21 Feb, 2018

सास/फागुन ९, बैतडी  । मेलौली नगरपालिकाकी १६ वर्षीया एक बालिकालाई सामुहिक बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालत बैतडीले आरोपीतहरुलाई मंगलबार  जन्मकैद सहित आठ वर्ष थप अर्थात २८ वष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत बैतडीका न्यायधीस बिष्णुप्रसाद गौतमको इजलासले आरोपी पाटन नगरपालिका– १ का १८ वर्षीय भरतराम लुहारलाई जन्मकैद सहित आठ वर्ष थप अर्थात २८ वर्ष कैद सजाय सुनाएको छ । सोहि ठाँउका २७ वर्षीय मनोजराम दयाललाई जन्मकैदको सजाय सुनाएको छ ।

गएको साउन ३ गते गते आरोपी दुबैजनाले बालिकालाई सामुहिक बलात्कार गरि हत्या गरेको भन्दै पीडितका अविभावकले साउन ९ गते इलाका प्रहरी कार्यालय, पाटन बैतडीमा उजुरी दिएका थिए । उजुरी दिएकै दिन प्रहरीले आरोपीहरुलाई गिरफ्तार गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!