परीक्षाफल प्रकाशित, यसरी हेर्न सकिन्छ

Posted on: 22 Feb, 2018

फागुन १०, काठमाडौँ | त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक÷मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । 

परीक्षा नियन्त्रण कार्यालयले बुधबार जनाए अनुसार उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ । नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ भने MBS (space) Roll Number टाइप गरी ३४९४९ मा एसएमएस पठाई प्राप्तांक प्राप्त गर्न सकिनेछ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!