तीन वर्षकी वालिकाको विवाहमा सांसद श्रेष्ठ (फोटो फिचर)

Posted on: 23 Feb, 2018

प्रेम सुनार | फागुन ११, गुल्मी | वल्ल तिन  वर्ष पुगेकी ति अवोध वालिकालाई  विवाह भनेको केहो ? पक्कै पनि केहि  थाहै छैन  । तै पनि अभिभावकहरुले वेहुली श्रृङ्गार–पटार गरेर विवाह मण्डवमा वसालेका छन् । निर्र्दोष उनको चेहरा कति वेला  लज्जालु छ त कति वेला रुन्चे छ  । विवाहको जग्गे रुरु गाउँपालिकाको रानीवासमा हो भने ति वालिका कुशी श्रेष्ठको घर हुँगा हो ।

वेहुली बन्न विवाह मण्डवमा वसेकी ति वालिका आमाको काख छाड्न नचाहेर डरपोक अनुहारमा रोएर वेहाल छ ।  विवाह मण्डवमा उनका वावु महेन्द्र श्रेष्ठ, आमा तारा श्रेष्ठ र हजुर वुवा चन्द्रलाल श्रेष्ठ छन् । त्यति मात्र होईन ५ नम्वर प्रदेश सांसद कमलराज श्रेष्ठ पनि ९ वर्षिया नातिनी प्रिन्स श्रेष्ठलाई  विवाह गराउन त्यसै विवाह मण्डवमा ल्याएर आएका छन् ।

ति  ३ वर्षिया वालिका कुशी श्रेष्ठ सहित आज  देखि रानीवासमा ६० जना अवोध वालिकाहरुको सामुहिक विवाह सुरु हुँदै छ । यति वेला   कन्यादानको सुरुवाती विधी चल्दैछ ।  भोली  कन्यादान गर्ने र पर्सी सिन्दुर राख्ने कार्यक्रम रहेको सांसद श्रेष्ठ बताउँ छन् ।  ति वालिकाहरुको विवाह कुनै केटा मान्छे संग भने हुन लागेको होईन । नेवारी परम्परा अनुसार  वेल संग विवाह गरिन लागेको हो ।  जसलाई  वेल विवाह भनिन्छ ।

नेवा दवुः  वलेटक्सार गुल्मी सहित विभिन्न संस्थाको आयोजनामा तिन दिन सम्म हुन गर्ई रहेको वेल विवाह मल्ल राज्यकाल देखि सुरु भएको  सांसद श्रेष्ठले जानकारी दिए । नेवारहरुकै व्राम्हणद्धारा पुर्णतःः आर्यहरुको विधिवत विवाहका सवै विधी पुराईने चलन रहेको उनको भनार्ई छ । वेल विाह गरिएका छोरीहरुका अभिभावकले निम्तालु  खुवाउने पनि गर्दृछन् । रानीवासमा हुन लागेको यो वेल विवाह त्यस भेगमा चार वर्ष पछि गरिदै छ ।

यति वर्षको अन्तरालमा गर्ने भन्ने हुँदैन श्रेष्ठ भन्छन्  ११ वर्ष मुनिका वालिकाहरु  ५०/६० जना भए पछि अभिभावकहरुले सल्लाह गरेर  वेल विवाहको चाँजोपाँजो मिलाउने गर्दछन् । यस्तो विवाहले ति अवोध वालिकाहरुमा  मनोविज्ञानमा असर पर्दैन ? भन्ने प्रश्नमा श्रेष्ठ भन्छन हुन त साँच्ची कै विवाह त  होईन तर पनि केहि न केहि मनोविज्ञानमा असर हुन सक्छ ।

वेल विवाह छोरीहरुलाई उमेर पुगे पछि विवाहका लागि परिपक्का बनाउन गरिने नेवार समुदायको प्रचलन रहेको बताईन्छ । गुल्मीमा यस्तो वेल विवाह नेवार समुदायको वस्ती विकास संगै सुरु भएको सांसद श्रेष्ठले बताए । वेल विवाहको जग्गेमा नपुग्नु पुर्व लाखे नाच,लगायतको  विभिन्न झाँकी  वलेटक्सारबाट निस्केको थियो ।

हजारौंको सहभागिता र वाजा–गाजाले  गुञ्जायमान बनेको थियो । अहिले पनि रानीवास वजार गुञ्जायमान बनेको छ  । 

हेरौ तस्वीरमा: त्यसै वेल विवाहका केहि झलकहरु:- 


यस बिषयमा तपाइको प्रतिक्रिया...!