कालिकोट: विद्यालयलाई राउण्ड टेवल हस्तान्तरण

Posted on: 23 Feb, 2018

फागुन ११, कालीकोट । सहयोगी हातहरुको समूह (सहास) नेपालले विद्यालयमा राउण्ड टेवल वितरण गरेको छ ।  सिफल्स परियोजनाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत बालबालिकालाई बालमैत्री सिकाईमा सहयोग पुर्याउन टेवल वितरण गरिएको बताइएको छ ।

बालबालिकालाई विद्यालयका कक्षाकोठा व्यवस्थापनको साथै बालमैत्री तरिकाले सिकाईमा सहजता ल्याउन तथा बालबालिकाकाको विद्यालयमा टिकाउ दरमा बढाउँदै सिकाई उपलब्धीमा बृद्धि ल्याउन र कक्षा कोठामा बालमैत्री सिकाई वातावरण सिर्जना गर्ने उद्देश्यले शान्नित्रिवेणीका अम्किादेवी आधारभूत विद्यालयलुसा, खापरमष्टा आधारभूत विद्यालय साँकेज्यूला, ज्ञानज्योती आधारभूत विद्यालय, बालीपाटा र रास्कोट नगरपालिकाकाको कालिकादेवी आधारभूत विद्यालयलाई पाँचपाँच थानका दरले राउण्ड टेवल वितरण गरिएको हो ।


सहास नेपालले शुक्रबार एक कार्यक्रमकाबीच शान्नित्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीलाई उक्त सामान हस्तान्तरण गरेको छ । उक्त सामान ग्रहण गर्दै गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले आधारभुत कक्षामा अध्ययन गर्ने बालबालिकाहरुका लागि भौतिक सामानहरु जरुरी भएको भन्दै सहयोगका लागि सहास नेपाललाई धन्यवाद दिए । आफ्नो अधिकारकालागि भन्न र बोल्न नसक्ने बालबालिका आधारभूत तहमा भएकाले उनीहरुले बालमैत्री तरिकाले सिकाई पाउनु पर्ने भन्दै उनले गाउँपालिकाले पनि बालमैत्री पढाइका लागि योजना बनाइरहेको बताए ।

टेवल हस्तान्तरण कार्यक्रममा अम्बिकादेवी आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद जैसी,  सहास नेपालका परियोजना अधिकृत नमराज संज्याल, जेन्डर अफिसर मिना शाक्य गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद जैसीलगाएको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!