कपिलवस्तु: एघार सय जनाको निशुल्क स्वास्थ्य जाँच गरियो

Posted on: 24 Feb, 2018

फागुन १२, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सनिवार भएको निशुल्क स्वास्थ्य शिविरमा एघार सय जनाले स्वास्थ्य जाच गराएका छन ।


रोटरी क्लब अफ कपिलवस्तुको आयोजना तथा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा कपिलस्तुको शिवराज नगरपालिका चन्द्रौटामो बृहत्त निशुल्क स्वास्थ्य शिविरको आयोजना भएको हो ।

फफुरी बोर्डिङ्ग स्कुल चन्द्रौटा मा सम्पन्न स्वास्थ्य शिविरमा यस क्षेत्रका मुटु, दम तथा छाती, निमोनिया र अन्य रोग सम्बन्धि स्वास्थ्य चेकजाँच गराएको रोटरी क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ड आइ.ए. खानले बताउनु भयो ।

 शिविरमा बरिष्ठ मुटु रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, मृगौला रोग विशेषज्ञ, जनरल फिजिसियन लगायत अन्य स्वास्थ्य कर्मीहरुबाट निशुल्क इ.सि.जि. र इकोबाट मुटु रोग परिक्षण पि.एफ.टी.बाट दम तथा छाती रोगको परिक्षण, रक्त परिक्षण तथा औषधीहरु निशुल्क वितरण गरिएको थियो

रोटरी क्लब अफ कपिलवस्तुको आयोजनामा भएको बृहत स्वास्थ्य शिविरका शिवराज नगरपालिकाको सहयोग र अन्य सहयोगी संस्थाहरुको रुपमा व्यापार संघ कपिलवस्तु, रोट्याक क्लब अफ कपिलवस्तु, सञ्जिवनी अस्पताल चन्द्रौटा र फफुरी इङ्गलिस बोर्डिङ्ग स्कुल चन्द्रौटा रहेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!