डोल्पा: आगलागिमा परेर गम्भीर घाइते तीन महिलाको हेलिकप्टरबाट उद्धार

Posted on: 24 Feb, 2018

टेकबहादुर शाही/फागुन १२, डोल्पा । डोल्पामा आगलागिमा परेर तीन महिला गम्भिर घाईते भएकाछन् । शनिवार दिउसो त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा ५ मा पर्ने कागुत्तो बनमा लागेको आगलागिमा परेर तीन महिला गम्भिर घाईते भएकाहुन् ।

घाईते हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ६ फुल्चिङमा बस्ने १६ बर्षिया प्रतिमा रोकाय सोही ठेगानाका ६२ बर्षिया चाउरी चलाउने  र सोही ठेगानाकै  ६० बर्षिया मनरुपा चलाउने रहेको जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक हरी प्रसाद शर्माले जानकारी दिए ।

उनीहरु आज विहान ११ बजेतीर नजिकैको छिमेकी गाँउ ल्हाँबाट घर फर्कने क्रममा कागुत्तो बनामा लागिरेको आगलागिमा परेर गम्भिर घाईते प्रहरीले जनाएको छ ।

उपचारकोलागि सेनाका हेलिकोप्टरबाट सुर्खेत लगिएको र सुर्खेतमा उपचार नभएपछि उपचारकोलागि नेपालगञ्ज लगिएको स्थानीय काली चलाउनेले जानकारि दिएकी छिन । प्रदेश निर्वाचन क्षेत्र २ का सांसद बिरबहादुर शाहीको पहलमा नेपाली सेनाका जाजरकोट डोल्पा सड्क निर्माण कार्यदलका प्रमुख कर्णेल बिश्व बन्धु पाहाडी र बरिष्ठ पाइलट प्रमुख सेनानी कुशल कुमार गूरुङको टोलीले घाइतेको उद्धार गरेको थियो । 

आगो कसले लगाएको हो भन्ने पत्ता नलागेकाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घाईते तीन महिला बेहोस अवस्थामा रहेको बताईएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!