जिरेलको नेतृत्वमा अघि बढ्दै फोनिज दोलखा

Posted on: 25 Feb, 2018

ताराबहादुर महत । फागुन १३, दोलखा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दोलखाको अध्यक्षमा प्रभु जिरेल निर्विरोध निर्वाचित हुनुभएको छ ।


शनिबार चरिकोटमा सम्पन्न फोनिज दोलखाको चौथो जिल्ला अधिवेशनले जिरेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्ष सीर्जना गोले, सचिव धनराज तामाङ, सहसचिव मुना गुरुङ र कोषाध्यक्षमा राजन थामी चयन भएका छन । त्यसैगरी सदस्यहरुमा दिपेन्द्र तामाङ, सेरफ मोक्तान, विपना मगर र पेम्डोमा शेर्पा रहेका छन ।

अध्यक्ष जिरेल करिब आठ बर्षदेखि रेडियो पत्रकारिता क्षेत्रमा आबद्ध हुनुहुन्छ । लामो समयदेखि पत्रकारितामा सक्रिय जिरेल हाल चरिकोटबाट प्रशारित हुने रेडियो शैलुङ्गको व्यवस्थापक हुनुहुन्छ । नव निर्वाचित कार्य समितिको कार्यकाल तीन बर्षको हुने अध्यक्ष जिरेलले बताउनुभयो । जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा आबद्ध र नवआगन्तुक पत्रकारहरुलाई स्थापित गराउनका लागि आफूले पहल कदमी लिने उहाँको भनाई छ ।

अधिवेशनले चिरञ्जीवी मास्के, राजेन्द्र मानन्धर, उषा तामाङ, शिवकुमार भुजेल र लालकुमार मोक्तानलाई केन्द्रिय प्रतिनिधिको रुपमा चयन गरेको छ । त्यसैगरी सुवास योञ्जन, निराशी थामी र फुर्वा तामाङलाई फोनिजको प्रदेश प्रतिनिधिको रुपमा चयन भएका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!