अर्घाखाँचीमा गाई मारेको अभियोगमा एक पुरुष पक्राउ

Posted on: 26 Feb, 2018

फागुन १४, अर्घाखाँची | भूमिकास्थान नगरपालिकामा गाई मारेको अभियोगमा स्थानीयवासी ५३ वर्षीय यमबहादुर खत्रीलाई प्रहरीले आज पक्राउ गरेको छ । 

भूमिकास्थान नगरपालिका वडा नं २ भाटेकापोखराका बलदेव भाटका दुई र यमबहादुर खत्रीको एक गाईलाई कुटी मारेको अभियोग खत्रीलाई लागेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!