डोल्पा: केन्द्र सारिएको भन्दै नगरपालिकामा तालाबन्दी

Posted on: 28 Feb, 2018

टेकबहादुर शाही/फागुन १६, डोल्पा । डोल्पा जिल्लाको ठुलीभेरि नगरापालिकाको केन्द्र सारिएको भन्दै नगरपालिकाको कार्यालयमा अहिले ७ बजे ताला बन्दी गरिएको छ । 

नगरपालिकाको केन्द्र दुनै नै कायम गरिए पनि नगर प्रमुख र जनप्रतिनिधिहरुले झुक्कयाएर राति नै केन्द्र जुफालमा सारेको भन्दै दुनैका ४ वटा वडाका जनताले जिल्ला प्रशासनमा निबेदन पेश गरेको जिल्ला समन्वय सिमितिका उपसंयोजक नरबहादुर बुढाले जनकारिदिए । 


जिल्ला प्रशासन र जिल्ला प्रहरि कार्यालयलाइ दिएको निबेदनमा भनिएको छ नगरसभामा नभएको निर्णयमा किर्ते गरेर नगरपालिकाको केन्द्र सारिएकोले ततकाल जनताको माग सम्बोधन गरिनु पर्ने उल्लेख गरिएको छ । करिव ६० जनाको हस्ताक्षरमा जिल्ला प्रशासन र प्रहरि कार्यालयमा निबेदन पेश गरिएको २ नं. वडा अध्यक्ष देबि रोकायाले बताए । 

नगरपालिकाको पहिलो नगरसभाले निर्णय गरे अन्ुसार नगरपालिकाको केन्द्र सरेको नगरप्रमुख गणेश बहादुर शाहीले जानकारि दिए । उनले भने अनुसार जनतलाइ जुफालबाट नै सेवा प्रबाह सहज हुने भएकोले पनि नगरसभाले निर्णय गरेको बताए ।

नगरप्रमुखले जनप्रतिनिधिलाइ झुक्याएर केन्द्र सारेकोले १७ गते दुनै बजार बन्द गरिने र दुनैबाट अनत्रीक रुपमा चल्ने गाडि पनि बन्द गरिने जिल्ला समन्वय समितिको  उपसंयोजक नर बहादुर बुढाले जानकारि दिए । उनले भने १८ गते नगरपालिकाका सबै जनताको भेला गराइ अन्दोलनका कार्यक्रम सार्वजानिक गर्ने बताए । 


जनतालाइ झुक्याएर राती राती नगरपालिकोको केन्द्र सारेकोले कुनै पनि हालतमा यो निर्णय मान्य नहुने जनताहरुको भनाइ रहेको छ । बुधबार राजपत्रमा ३९ वटा स्थानीय तहको केन्द्र परिवर्तन भएर राजपत्रमा आएको थाहा पाए पछि ठुलीभेरि नगरपालिका वडा न १ देखि ४ सम्मका जनता आक्रोसित भएका हुन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!