महिला महोत्सवमै श्रीमानले श्रीमतीलाई कुटेपछि… (भिडियोसहित)

Posted on: 01 Mar, 2018

फागुन १७, पर्वत । पश्चिमाञ्चल महिला महोत्सवमा एक श्रीमान्ले श्रीमतीलाई मरुन्जेल कुटेका छन् । श्रीमान्को कुटाइ खेप्न नसकेर श्रीमतीले आत्माहत्याको प्रयास समेत गर्न बाध्य बनेकी छिन् ।  

यो हेर्नको लागि हजारौ मानिसहरुको भीड लागेको थियो तर कसैले पनि छुट्याउने कोसिस गरेनन् । कुरा के हो भने महोत्सवमा कास्की अन्नपूर्ण गाउँपालिका ठिकुरपोखरीका कलाकारहरुले महिला हिंसा सम्बन्धी देखाएको नाटकको दृश्य हो यो ।

२१ औं शताव्दिमा पनि अझै पनि समाजमा महिला हिंसा रहेको  उक्त नाटकमा देखाउन खोजिएको थियो । श्रीमान् गाउँका नेता हुन् तर नेताहरुकै श्रीमतीहरु अझै पनि समाजमा हिंसामुक्त हुन नसकेको उक्त नाटकमा देखाउन खोजिएको थियो ।

समाजमा अशिक्षित परिवारमा भन्दा पनि शिक्षित परिवारमा महिला हिंसाका घटनाहरु लुकेर रहेको कलाकारहरुले देखाउन खोजेका थिए ।

जस्ले बढी नारीबादी भाषण गर्दै हिड्छ त्यहिनै महिला हिंसाको कारण र केन्द्र रहेको उक्त महोत्सवको आशय थियो । नाटक चलिरहेको बेलामा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड टुप्लुक्क पुगेपछि नाटक स्थगित गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!