पाल्पामा जीप दुर्घटना: दुईको मृत्यु, पाँच घाइते

Posted on: 03 Mar, 2018

फागुन १९, पाल्पा | पाल्पा जिल्लाको तानसेन नगरपालिका स्थित वीरपोखरामा जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने चालक सहित अन्य पाँच जना घाईते भएका छन् । 

दुर्घटनामा मृत्यु भएकाहरुमा तानसेन नगरपालिका-१२ लुहुङ्गका चित्रबहादुर थापा र अर्की एक जना महिला रहेका छन् । 

सनिबार साँझ तानसेनबाट लुहुङ्ग जाँदै गरेको लु १ ज १९३८ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकबाट एक सय मिटर तल खसेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!