लम्ची आधारभूत विद्यालयको ४४औं वार्षिक उत्सव सम्पन्न (फोटो सहित)

Posted on: 03 Mar, 2018

फाल्गुन १९, अर्घाखाँची | लम्ची आधारभूत विद्यालय भूमिकास्थान नगरपालिका–८ नुवाकोट लम्चीको ४४ औं वार्षिक उत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि तथा भूमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले व्यानर अनावरण तथा दिप प्रज्वनन् गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रमका शुभकामना मन्तव्य राख्दै थापाले शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यार्थी र अभिभावकहरुको पारस्परीकताले मात्र विद्यालयको दिगो विकास हुने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी लिला बहादुर राउत क्षेत्रीले निजी लगानीमा संचालीत वोडिङ्ग स्कुलमा भन्दा क्षमतावान शिक्षक सरकारी स्कुलमा हुँदाहुँदै पनि सरकारी स्कुलको नतिजा राम्रो आउन नसक्नु दुखदायी कुराभएको उल्लेख गर्दै शिक्षाको गुणस्तर बृद्धिमा एकताका साथ लाग्न शिक्षकहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका नगर शिक्षा अधिकृत मणिराम पराजुली, श्रोत व्यक्ति हरि प्रसाद भुसाल, चेतनारायण बेल्वासे, सव इन्जिनियर चितरंञ्जन चौधरी नेपाल पत्रकार महासंघका कोषाध्यक्ष विनोद गैरे, सदस्य अशोक पौडेल तथा छिमेकी विद्यालयका प्रधानाध्यापक तथा शिक्षक साथै स्थानीय अभिभावकको वाक्लो उपस्ति रहेको थियो । 


कार्यक्रममा अवकास प्राप्त शिक्षक ज्ञानहरि आचार्य, दुर्गा प्रसाद पौडेल तथा सरुवा भई अन्यत्र विद्यालयमा जाने शिक्षिक मञ्जु शाहलाई उहाँहरुले विद्यालयमा रहँदा सम्म शैक्षिक गुणस्तरमा पुर्याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै तथा विद्यालयलाई अक्षयकोष स्थापना गरी विद्यालयको समग्र विकासमा टेवा पुर्याउनुहुने शसिर खत्री र हुम बहादुर बुढाथोकीलाई प्रशंसा–पत्र, दोसल्ला तथा मायाँको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दधिराम आचार्यको अध्यक्षता शिक्षिका मनकला भट्टराईको स्वागत तथा शिक्षक ज्ञान बहादुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!