इलाममा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

Posted on: 04 Mar, 2018

 इलाम २०, फागुन | इलाम नगरपालिका–४ खरखरेमा आज अपराह्न पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका–५का २९ वर्षीय चालक टीका मुखियाको मृत्यु भएको छ । 

पुवाखोला छेउ (बेँसी) बाट बिब्ल्याँँटे आउँदै गरेको पिकअप दुर्घटनामा घाइते तामाङलाई इलाम अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मे१ज १६७३ नंको पिकअप मेची राजमार्ग छेउ कच्ची सडकमा दुर्घटनामा परेको थियो । पिकअपमा पाँच जना सवार भए पनि अन्यको अवस्था सामान्य रहेको बताइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!