इरानी नागरिकलाई पोखराबाट हावाले उडाएर पर्बत पुर्यायो !

Posted on: 04 Mar, 2018

फागुन २०, फलेवास | पर्वतको फलेवासमा  प्याराग्लाईडिङ दुर्घटनामा एक इरानी नगरीक घाईते भएकि छन् ।

पोखराको सारङकोटवाट दिउसो १ बजे प्यारा गलाईडिङ मार्फत उडेकी ३६ बर्षिय इरानि नागरीक लेइला इस्लामी, आज दिउसो फलेवास नगरपालिका ५ खानीगाउँ पिप्लेमा एक्कासि प्यारा ग्लाईडिङवाट खस्दा घाईते भएकि हुन् ।

अपरान्ह् साढे ३ वजेतिर भएको दुर्घटनामा लेइलाको देव्रे खुट्टामा चोट लागेको छ । दुर्घटना लगतै लेइलालाई स्थानियले उद्दार गरी धुलिखेल अस्पताल फलेवास स्वस्थय केन्द्रमा उपचारको लागि लगेका थिए । अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि पोखरा पठाईएको अस्पतालले जनाएको छ ।

सारङकोटबाट प्यारा ग्लाईडिङ गरीरहेको समयमा इरानि नगरीक लेइलालाई हावाले उडायर यहाँ ल्याई पुर्याएको हुन सक्ने अनुमान गरीएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!