पत्रकार माथि भएको आक्रमण प्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानकार्षण

Posted on: 04 Mar, 2018

टेकबहादुर शाही | फागुन २०, डोल्पा | डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिषयमा भएको आन्दोलनमा शनिबार जिल्लाका पत्रकार माथि भएको आक्रमणको राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगञ्जको ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रको चौथो अंग माथि सामुहिक आक्रमण हुनु निन्दनीय र मानवअधिकार हननको काम भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको नेपालगञ्का टंक खनालले बताए । 

शनिबार दुनैमा आन्दोलनकारीहरुले समाचार प्रशारण नगरेको भन्दै अन्नपूर्ण पोष्ट,कान्तिपुर र सामुदायिक रेडियोका जिल्ला समाचारदाता माथि सामुहिक अक्रमण गरेका थिए । प्रहरीले सुरक्षा दिदै गर्दा पत्रकार बिष्णुलाल बुढालाइ चोट लागेको थियो भने अन्य पत्रकारलाइ प्रहरीले सुरक्षा दिएको थियो । 

समाचार संलनका क्रममा गएका पत्रकार माथि आन्दोलनमा रहेका केहि ब्यक्तिहरुले सामुहिक आक्रमण गर्नु गलत भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले खेद प्रकट गर्दै ध्यानकर्षण भएको जानएको छ । आयोगले भनेको छ शान्त र मर्यादित तरिकाले आन्दोलन गर्नु पर्ने र कुनै पनि नागरिकको अधिकार हनन गर्न नपाएने बताएको छ । 

नगरपालिकाको केन्द्र ुसारेको बिषयमा आन्दोलनमा रहेको आन्दोलन कारिहरुले पत्रकार माथि आक्रमण गरे पछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोल्पाले आइतबार प्रेश बिज्ञेप्ती समेत जारी गरेको छ । बिज्ञप्तीमा भनिएको छ स्वतन्त्र पत्रकारीता माथि केहि गैर आन्दोलन कारिले हस्तक्षेप गरेको आरोप लागएको छ । पत्रकारमाथि द्रुब्यवहार गर्ने ब्यक्ति र संघ्रस समितिले सामुहिक रुपमा माफि मागे पनि अबका दिनमा यस्ता घटना नदोहोर्याउन र घटना घटाए कानुनी हिसाबले दोषिलाइ कारवाही गरिने महासंघ जिल्ला शाखाकी उपाध्यक्ष मनकुमारी हिराचानले चेतावनी दिइन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!