धुर्कोट महोत्सवबाट उत्साहित देश विदेशमा धुर्कोटवासी

Posted on: 05 Mar, 2018

प्रेम सुनार/फागुन २१, गुल्मी। अव केहि दिन पछि हुने गईरहेको  श्रीमत भगवत सप्ताह धुर्कोट धार्मिक महोत्सव प्रति देश विदेशमा रहेका धुर्कोटवासी निकै उत्साहित भएका छन् ।


चैत्र ४ गते देखि १० गते सम्म हुन गई रहेको धुर्कोट धार्मिक महोत्सव प्रति देश विदेशमा रहेका धुर्कोटवासीले दिनहुँ जसो सञ्चारकर्मीहरु संग समेत चासो देखाउँदै आएका छन् ।

धुर्कोट कोटको ऐतिहाँसक महत्व झल्काउने र महोत्सव मार्फत उठेको रकमबाट त्यस कोट भित्रका मठ–मठ मन्दिर र अन्य भौतिक संरचनाले सजाउने उद्देश्यका साथ धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल उपप्रमुख शिवबहादुर खत्री लगायतका कार्य समितिले सुरु गर्न थालेको महोत्सवलाई सफल पार्न यति वेला उनिहरु बुटवल र काठमाण्डौमा रहेको धुर्कोटवासी संग सहयोगको वातवरण बनाउन पुगेका छन् ।

गाउँपालिका प्रमुख उपप्रख पोखरेल र खत्रीले धुर्कोटवासीबाट उत्साहजनक सहभागिता र सहयोगको वातवरण बनेको बताउँ छन् । गुल्मी युवा पण्डिट तथा देशैभर वाचन सम्राटको उपाधी पाएका भिमकान्त पन्थीद्धारा श्रीमत भागवत पुजा, महायज्ञ , वेदपाठ , चण्डी , घृतधारा , गिता पाठ हुने महोत्सव प्रचार प्रसार संयोजक दधि खनाल बताउँ छन् ।

  उनका अनुसार अहिले देखि नै धुर्कोट धार्र्मिक महोत्सवको पुर्र्व तयारीको काम धमाधम सुरु भई रहेको र धुर्कोट वेहुली झै सिंगार्र्न थालिएको खनालले जानकारी दिए । गुल्मीका नगर र  गाउँपालिकाहरु मध्य पहिलो पटक गर्न थालिएको धार्मिक महोत्सवलाई अन्य पालिकाहरुका जनप्रतिनिधीहरुले  पनि   निकै महोत्वका  साथ लिएका छन् र आफुहरु पनि उत्साहित भएका छन् । धुर्कोट धार्मिक र सास्कृतक पक्षमा पहिले देखि अव्वल रहँदै आएको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!