मकवानपुरमा १ सय ७९ जना सरकारी कर्मचारीले स्वेच्छिक अवकास रोजे

Posted on: 05 Mar, 2018

जिवराज बख्रेल | फागुन २१, मकवानपुर | मकवानपुरमा १ सय ७९ जना सरकारी कर्मचारीले स्वेच्छिक अवकास रोजेका छन् ।  स्थानीय तह, प्रदेश र संघको समायोजनमा नजाने कर्मचारीलाई अवकास लिन सरकारले दिएको समयमा १ सय ७९ जनाले निवेदन दिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिनुभयो । 

सरकारले स्वेच्छिक अवकास  रोज्न चाहाने हरुको लागि ४५ दिने सूचनासमेत जारी गरेको थियो । उहाका अनुसार राजपत्रांकित द्धितीय श्रेणीका ४,द्धितीय श्रेणीका ३३ जनाले स्वेच्छिक अवकास रोजेका छन् जसमा १९ प्राविधिक ५ लेखा र ९ प्रशासनिक कर्मचारी रहेका छन् । खड्काका अनुसार राजपत्र अनांकित प्रथम श्रेणीका ५२, राजपत्र अनांकित द्धितीय श्रेणीका २४ र तृतीय श्रेणीका १ जना छन् । त्यस्तै

अनुसार श्रेणी विहिन ६२ कर्मचारीले पनि स्वेच्छिक अवकास रोजेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!