कटारीमा कृषि उपज केन्द्र सञ्चालनमा आउने

Posted on: 06 Mar, 2018

फागुन २२, उदयपुर | अठार वर्षअघि निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको कटारी नगरपालिकाको कटारी बजारस्थित कृषि उपज केन्द्र चाँडै सञ्चालनमा आउने भएको छ । 

कटारी नगरपालिकाको अनुसार कृषि उपज केन्द्र यही फागुन अन्तिम हप्तादेखि सञ्चालनमा आउने भएको छ । केन्द्र सञ्चालन गर्न पुनःमर्मत, खाने पानीको व्यवस्था, शौचालयलगायत पूर्वाधार निर्माण गरिएको नगर प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

नौ कठ्ठा जग्गामा रहेका आठवटा भवन हाल प्रयोगविहीन अवस्थामा छन् । केन्द्रका भवनमा स्थानीयवासीले गाईवस्तु बाँध्ने र सुंगुर राख्ने खोरको रुपमा प्रयोग गर्दैआएका छन् । उक्त केन्द्र प्रयोगमा आएपछि कटारी क्षेत्रमा तरकारी भण्डारण गर्न सकिनेछ । 

दमकल सञ्चालनमा 

कटारी नगरपालिकाले दमकल सेवा सञ्चालन गरेको छ । नगरपालिकाले छ महिना अघि दमकल खरिद गरेको हो । नगर प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार यस अघि कटारी क्षेत्रमा आगलागी हुँदा लाहानबाट दमकल बगाउनुपर्ने अवस्था थियो । 

जिल्लाका त्रियुगा र चौदण्डी नगरपालिकाले यस अघिनै दमकल सेवा सञ्चालन गरिसकेका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!