'राज्यको लापरवाहिका कारण पुननिर्माणमा नागरिकले विभिन्न समस्या झेल्नु पर्यो'

Posted on: 07 Mar, 2018


फाल्गुण २३¸ रामेछाप ।
रामेछापको मन्थलीमा भूकम्पपछि पुननिर्माणको अवस्था, भूमि ,मत्स्यक्षेत्र तथा वनजङ्गलको भोगाधिकार सम्बन्धी उत्तरदायी शासन व्यवस्था र सरोकारवालाहरुको भूमिका विषयक कार्यशाला गोष्ठी मंगलबारवाट सुरु भएको छ । २ दिनसम्म चल्ने गोष्ठिमा रामेछाप , दोलखा , सिन्धुली र ओखलढुंगाका विभिन्न नगरपालिका , गाउँपालिकाका जनप्रतिनिधि, राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न गैरसरकारी संघ संस्सथाका प्रमुख एवं प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको छ । फियान नेपालका कार्यकारी निर्देशक अशोक बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का सांसद शान्ति प्रसाद पौडेलले खेतीयोग्य जमिनमा घर बनाउने कार्यलाई रोक्नुपर्ने बताए । 
खेतीयोग्य जमीन अनुत्पादक क्षेत्रमा प्रयोग बढ्दै गएकाले यसका बारेमा स्थानीय तहले बेलैमा बिचार गर्नुपर्ने उनको भनाई छ । उनले पुननिर्माणका सवालमा राज्यको लापरवाहिका कारण नागरिकले विभिन्न समस्या झेलिरहेको बताए । पुननिर्माणका सवालमा राज्यले प्रवाहा गर्ने सेवा जनताको आवश्यकता सुहाउदो नहुदा समस्या भएको सांसद पौडेलको भनाई छ । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले सवै स्थानीय तहलाई विकासको काम गर्दा दिगोपनालाई ध्यान दिन आग्रह गरे । उनले मुलुकलार्य कृषि वाट नै आत्मनिर्भर बनाउन सकिने भन्दै यसमा सबैले दिगो योजना बनाएर काम गर्नुपर्ने बताए ।
सवै स्थानीय तहले बाताबरण सन्तुलनमा असर पार्ने खालका गतिविधि हुन दिन नहुने उनको भनाई छ । कार्यक्रममा दोलखाको मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले मुलुकको दिगो विकासका लागि सवैले सकरात्मक सोचका साथ काम गर्ने पर्ने बताए । उनले स्थानीय सरकारको काम कारवाहीलाई कडा निगरानीका साथ सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप प्रसाद लामिछानेले राजनिति र प्रशासन एउटै सिक्काको दुईपाटो भएकाले यी दुईबिच समन्वय प्रगाड हुनुपर्ने बताए । मुलुकको दिगो विकासका लागि विगतको कमिकमजोरीलाई सच्याएर सवै एक भएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रमको विश्व खाद्य तथा कृषि संगठनको आर्थिक सहयोग , राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहकार्य र सृजनशिल युवा समाज चिसापानी संगको समन्वयमा फियान नेपालले आयोजना गरेको हो ।  गोष्ठी बुधबार सम्म संचालन हुने सृजनशिल युवा समाज चिसापानीका अध्यक्ष भुवन कुमार श्रेष्ठले जानकारी दिए ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!