अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पुरुषलाई प्याड वितरण

Posted on: 08 Mar, 2018

फागुन २४, काठमाडौं | पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुरुष हुनु भनेको महिला हिंसा गर्नु नभएको बताउनुभएको छ । 

एक सय आठौँ ‘अन्तर्राष्ट्रिय महिला दिवस २०१८’ का अवसरमा आज यहाँ ‘महिला हिंसाविरुद्ध पुरुष पदयात्रा’को उद्घाटन गर्दै उहाँले महिलामाथि हिंसा गर्ने पुरुष नै नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रजातन्त्र गणतन्त्र पायौंँ, प्रविधिका पछिल्ला सबै सामग्री प्रयोग गरिरहेका छौं तर महिलामाथि हुने हिंसा घटेको छैन ।” 

महिला हिंसाविरुद्ध पुरुषले महिलालाई साथ र सहयोग दिनुपर्ने बताउँदै उहाँले संविधानले दिएको समानताको हकलाई महिलाले भोग्नसक्ने सम्पूर्ण अवसर सिर्जना गरी असमानताको व्यवहारलाई हटाउनुपर्नेमा जोड दिनुभयो । 

नेपाल वातावरण पत्रकार समूह, फ्रिडम फोरम नेपाललगायत बीसभन्दा बढी संघसंस्थाद्वारा संयुक्त रुपमा आयोजित पदयात्रा भृकुटीमण्डपबाट शुरु भई भद्रकाली मन्दिर, शहीदढोका हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो । पदयात्रामा सहभागी पुरुषलाई महिलाको स्वास्थ्यलगायत महिनावारी स्वच्छतामा अझै जिम्मेवार बनाउन महिलाले महिनावारीमा लगाउने प्याड पनि वितरण गरिएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!