प्राइम लाइफ अर्घाखाँचीद्वारा अभिकर्ताहरुसँग अन्तरक्रिया

Posted on: 10 Mar, 2018

फाल्गुन २६, अर्घाखाँची | प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अर्घाखाँचीको आयोजनामोे आफ्ना सक्रिय अभिकर्ताहरुसँग अन्तरक्रिया तथा पुनर्ताजगी तालिम सन्धिखर्कमा सम्पन्न गरेको छ ।

तालिम क्षेत्रिय कार्यालय वुटवलका प्रमुख शिवप्रसाद पौडेलको प्रमुख आतिथ्यता र प्रशिक्षणमा जिल्ला कार्यालय अर्घाखाँचीका प्रमुख नारायण घिमिरे संयोजन र सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा इन्स्योरेन्स एड्भाइजर यमलाल भुसाल, व्यवसाय अधिकृतहरु, बरिष्ठ बजार प्रतिनिधिहरु, बजार प्रतिनिधिहरु र अभिकर्ताका साथै संस्थागत अभिकर्ताका प्रतिनिधिहरुको उपस्थितिमा अभिकर्ता अन्तरक्रिया तथा पुनर्ताजगी  तालिम प्रदान गरीएको थियो ।

कार्यक्रमा कम्पनिको हालको वित्तिय अवस्थासहितको प्रगति विवरण, शाखा सञ्जाल, सेवा सुविधा, नया“ विमा योजनाहरु, अभिकर्ता संरचना, मार्केटिङ्ग गर्ने शैलिका साथमा, उपस्थितबाट आएका जिज्ञासा मेटाउने लगायतका विषयमा केन्द्रित रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!