नुवाकोटमा छुट्टाछुट्टै दुर्घटनामा परि दुईको मृत्यु

Posted on: 11 Mar, 2018

फागुन २७, नुवाकोट | यहाँ आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । 

त्रिशूलीबाट काठमाडौँ जाँदै गरेको बा ५ ख ७९८ नं को बसले ठक्कर दिँदा विदुर नगरपालिका–३ का ईश्वरीलाल श्रेष्ठको मृत्यु भएको हो । बट्टारबजारस्थित सडक छेउमा हिँडिरहेका समयमा बसको ठक्करबाट ७५ वर्षीय श्रेष्ठ गम्भीर घाइते भएकामा उपचारका क्रममा नुवाकोट सिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । श्रेष्ठलाई ठक्कर दिने बसका चालक विदुर–१२ का सबिन भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी आजै बिहान मिनीट्रकको ठक्करले देवीघाटबाट गल्छी गइरहेको बा ७० प ४४२७ नंको मोटरसाइकल चालक विदुर–९, कोलनीका तिलकबहादुर मिजारको मृत्यु भएको छ । सत्चालीस वर्षीय मिजारलाई गल्छीबाट देवीघाट आउँदै गरेको बा ३ ख ६६६७ नंको मिनीट्रकले रातमाटेमा ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!