संखुवासभामा भीरबाट लडेर एक जनाको ज्यान गयो

Posted on: 08 May, 2016

योगेन्द्र योगी/बैशाख २६, संखुवासभा । जिल्लाको दिदिङ गाविसमा शनिबार जंगलमा च्याउ टिप्न जाँदा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।

दिदिङ गा.वि.स. ९ की २४ वर्षिया बिलासी राईको शनिबार दिउँसो जंगलमा च्याउ टिप्न जाने क्रममा सोही गाविस ९ स्थित गैडेनी भीरबाट लडेर मृत्यु भएको हो ।

दिउँसो १२ बजेतिर घरबाट हिडेकी उनी फर्केर नआएपछि खोजी गर्दै जाँदा उनको शव भीरबाट लडी टाउको फुटेको अवस्थामा फेला पारेको संखुवासभा प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!