नुवाकोटको पिपलटारमा बस दुर्घटना हुँदा १७ जना घाइते

Posted on: 11 Mar, 2018


नुवाकोटको पिपलटारमा आइतबार दुर्घटनाग्रस्त बसबाट घाइतेको उद्धार गरिँदै । त्रिशूलीबाट देवीघाट जाँदै गरेको बा १ ख ६५१९ नम्बरको बस विदुर नपा–५ पिपलटारमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तस्वीरः नवदीप श्रेष्ठ, नुवाकोट, रासस

त्रिशूलीबाट देवीघाटतर्फ जाँदै गरेको बस विदुर नपा–५ पीपलटारस्थित चन्द्रज्योति मावि अगाडि दिउँसो २:३० बजेतिर दुर्घटना भएको थियो । घाइतेको विदुरस्थित नुवाकोट सिटी हस्पिटलमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर एकजनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । बे्रक बिग्रिएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!