इलाम: आगलागीबाट रु १५ लाख बराबरको क्षति

Posted on: 12 Mar, 2018

फागुन २८, इलाम | इलाम नगरपालिका–१ साँखेजुङस्थित भरत कटुवालको घरमा आज बिहान आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ । 

प्रहरी चौकी रक्सेका प्रहरी हवल्दार हरि हिङ्माङका अनुसार आगलागीबाट रु १० लाखबराबरको घर, रु तीन लाख नगद, रु ८० हजारको ल्यापटप, टिभी, मोबाइल पूर्णरूपमा जलेर नष्ट भएको हो । 

आगो के कसरी लागेको भन्ने पहिचान हुन भने नसकेको उहाँले बताउनुभयो । “घरमा बत्ती पनि नभएको र आगो पनि नबालेको समयमा आगलागी हुनु आश्चर्यजनक रहेको छ”, उहाँले भन्नुभयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस  


यस बिषयमा तपाइको प्रतिक्रिया...!