स्थानीय तहका कर्मचारीहरु पत्रकारसँग घुस माग्छन्, अरुलाई छाड्लान् ?

Posted on: 13 Mar, 2018

प्रेम सुनार/फाल्गुण २९, गुल्मी।  पत्रपत्रिका र अन्य सञ्चार माध्याममा प्रकाशनका लागि वितरण गर्नु पर्ने सुचनामा समेत पत्रकारहरु संगै कमिशन मागिन्छ भने अरु विकास निर्माणको रकम भुक्तानीमा झन के हालत होला ? 

गुल्मी जिल्लाका पत्रकारहरुसंग गरिएको एक छलफलमा  गुल्मीका केहि स्थानिय तहका कर्मचारीहरुले पत्रकारहरु संगै कमिशन माग्ने गरेको पाईएको छ ।

जिल्लाका क्रियाशिल पत्रकारहरुलाई वरावरी ढंगले वितरण गर्नु पर्ने सुचनाहरु कमिशन पाउने लालचमा सिधै पत्रिकाको कार्यालय वा एजेन्सीलाई दिने गरेको खुलेको छ । पत्रिकाको सम्पादक मण्डलले सिधै स्थानिय तहका प्रमुख , प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतलाई  फोन गरेर ५० प्रतिशत सम्म कमिशन दिने लालच देखाए पछि जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सुचना आउन छाडेको हो ।

तत्कालिन जिल्ला विकास समिति छउञ्जेल यस्तो कमै हुने गरेको थियो । एकदुई वटा सुचना सिधै दिने गरेको विरुद्ध सम्वन्धित कार्यालय प्रमुख संग यहाका पत्रकारहरुले सजग गराए पछि रोकिएको कमिशन तन्त्र रोकिएको थियो । तर स्थानिय तहले  त्यस्ता सुचनामा कमिशनलाई बढवा दिएको पाईएको छ ।

एउटै गाउँपालिकाबाट गत चार महिनाको अन्तरालमा ३ वटा सुचना सिधै पत्रिकाको कार्यालयसंग समन्व्य गरी कमिशनमा पकाशित गरिएको जानकारी  प्राप्त भएको छ । यस सम्वन्धमा गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए ।

 उनले भने–‘लाज र डरै नमानी हामी पत्रकारहरु संग त स्थानिय तहका कर्मचारीहरुले कमिशन माग्छन भने विकास निर्माणका मानिसरुलाई झन कति सताए होलान ?’ उनले थपे–‘ म यो समाचारलाई कडा रुपमा उठान गर्न समेत तपाईलाई अनुरोध गर्दछु , कमिशनको जालो क्रमशः खोज्दै निमिट्यान्न पार्नै पर्दछ । ’थुप्रै विकास निर्माण कर्ताहरुले पनि कमिशन बार्गेनिङ्गका लागि समयमा भुक्तानी दिन आनाकानी गर्ने गरेको गुनासो गर्दै आएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!