भवनलाई साढे ३ लाख सहयोग

Posted on: 09 May, 2016
योगेन्द्र योगी, बैशाख २७, संखुवासभा । रोजगारीका लागि अमेरिका गएका संखुवासभालीले खाँदबारीमा निर्माण भइरहेको विहार भवनलाई आर्थिक सहयोग गरेका छन् । अमेरिका बस्दै आएकाहरुले रकम संकलन गरेर ३ लाख ५४ हजार नगद शाक्य समाजलाई हस्तान्तरण गरेका हो । सोमबार खाँदबारीमा आयोजित एक कार्यक्रममा अमेरिकाबाट आएका मोहन श्रेष्ठ र सुमन मास्कलेले समाजका अध्यक्ष किरणकुमार शाक्यलाई हस्तान्तरण गरे । भवन निर्माणका लागि खाँदबारीका राजीव श्रेष्ठले पनि स्व. आमा पूर्णकुमारीको नाममा २५ हजार नगद सहयोग गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!