सिन्धुपाल्चोकमा चट्याङ लागेर दुईको मृत्यु

Posted on: 13 Mar, 2018

फागुन २९, चौतारा | सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ स्थित घुङ्गा भन्ने स्थानमा चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ । 

छब्बिस वर्षीया तोकमाई तामाङ र उनकी एक महिने छोरीको घरमै बसेको अवस्थामा सोमबार बेलुका पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

जिल्ला सदरमुकामबाट उक्त स्थान करिब ४० किलोमिटरको दूरीमा रहेको र चट्याङबाट पाँच वटा चौपायासमेत मरेको जनाइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!