बैतडीमा मृत चितुवा फेला

Posted on: 13 Mar, 2018

नरी बडु/फागुन २९, बैतडी | चितुवा प्रभावित क्षेत्र बैतडीको तल्लोस्वराडमा मृत अवस्थामा वयस्क चितुवा फेला परेको छ ।


 मेलौली नगरपालिका–२, नानीगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको जिल्ला जिल्लाप्रहरी कार्यालय बैतडीले जनाएको छ । चितुवा सडेको अवस्थामा रहेकोले दुई तीनदिन अगाडि नै मरेको हुनसक्ने प्रहरीले जनाएको छ । 

खोलामा माछा मार्न गएका युवाले मृत चितुवालाई देखेपछि मंगलबार बिहानै प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले वन कार्यालयलाई खवर गरेको र परिक्षण पश्चात मात्रै चितुवा कसरी मरेको भन्ने थाहाहुने बताइएको छ । चितुवा मृत भट्टिएको बारे थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । 

तल्लोस्वराड क्षेत्रमा चितुवाले आक्रमण गरि धेरैको ज्यान लिइसकेको छ । भने त्यसै मध्येको चितुवा मरेको हुनसक्ने अनुमानगरिएको छ । चितुवाले २०६८ सालयता २३ जनाको ज्यान लिइसकेको छ भने धेरै जना घाइते भएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!