छत्रदेब गाउँपालिकाले भोलि स्वास्थ्य शिबिर सञ्चालन गर्ने र बृद्धभत्ता बाड्ने

Posted on: 13 Mar, 2018

फाल्गुन २९, अर्घाखाँची | जिल्लाको छत्रदेब गाउँपालिकाले भोलि स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ ।

छत्रदेब गाउँपालिकाका ८ वटै वडाहरुमा एकै पटक निशुल्क स्वास्थ्य शिबिर र बृद्धभत्ता बाड्ने गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनुभयो । छत्रदेब गाउँपालिकामा पटक पटक निशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुँदै आएका छन् ।

बिहान १० बजे देखि साझा ५ बजे सम्म स्वास्थ्य शिबिर सञ्चालन हुने पोख्रेलले जानकारी दिनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!