गुल्मीको रेसुङ्गा वनको आगो नियन्त्रण बाहिर, अरवौको संरचना जल्ने सम्भावना !

Posted on: 14 Mar, 2018

प्रेम सुनार | फागुन ३०, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास निजिकै रहेको रेसुङ्गा वन क्षेत्रमा लागेको आगो अहिले विहान सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । 

हिजो साँझापख  सयौ रोपनी  क्षेत्रफल रहेको रेसुङ्गा बन क्षेत्रको  गौशलाबाट सल्कीएको आगो नियन्त्रणका लागि रातैभर नेपाली सेना बिरभद्रजंग गुल्म धागीथुम ब्यारेक, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी , जिल्ला प्रहरी कार्यालयको टोली र सदरमुकाम तम्घासका वासीन्दा खटिदा पनि नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए  । 


अहिले विहान थप सुरुक्षा निकाय र स्थानियवासी त्यहाँको आगो नियन्णका लागि जान लागिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । विरभद्रजंग गुल्मका गुल्मपति सेनानी जनमतबहादुर कार्कीले राती अबेर सम्म जोखिममा पर्ने स्थानमा नियन्त्रण गरी सेना र अन्य सुरक्षा निकायको टोली फर्किएको र अहिले विहान थप ब्यवस्थापन सहित आगो निभाउन पठाएको जनाएको छ । 

रेसुङ्गा बन क्षेत्र ऐतिहाँसिक र धार्मिक बन क्षेत्र हो । जहाँ अरवौ मुल्य बरावरको धार्मिक भौतिक संरचना रहेको छ । 


आगो नियन्त्रणमा ल्याउन नसकिए बन क्षेत्र नजिकका पराल्मी, वलिथुम, गौडाकोट, दुविचौर , तम्घास र अर्खले  सम्मका घर वस्तीहरु जोखिममा पर्दछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!