रोट्याक्ट सप्ताह शुरु, पहिलो दिनमा एक लाखको अक्षकोषको स्थापना

Posted on: 14 Mar, 2018

फागुन ३०, पर्वत । रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिनको उद्घाटनमै क्लबले एक लाखको अक्षकोषको स्थापना गरेको हो । 

रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्षले आफ्नो विहेभोजको खर्च कटाएर आफ्नै गाउँमा रहेको  कुश्मा नगरपालिका १३ ठूलीपोखरीको जनता सुदर्शनमा माविमा १ लाख बराबरको अक्षकोषको स्थापना गरेका हुन् ।

उक्त विद्यालयका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार दिने गरी उक्त कोषको स्थापना भएको हो ।  क्लबले सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिनमा नेपालकै अग्लो तथा लामो कैयाँ झोलुङ्गे पुल परिसरमा बृहत सरसफाइको आयोजना गरेको छ । जसको संयोजकका रुपमा खिममाया पाइजा रहेकी छिन् । त्यस्तै तेस्रो दिनमा मोदी गाउँपालिका ७ तिलाहारमा रहेको नव जागृत माविका विद्यार्थीहरुलाई ट्राफिक सचेतना तथा लागू औषध दूव्यसनी सम्बन्धी अन्तरक्रियाको कार्यक्रम तय गरेको छ । जसको संयोजकको रुपमा शान्ति सुवेदी रहेकी छिन् ।


त्यस्तै चौथो दिन रोट्क्याट र स्थानीय जनप्रतिनिधिहरुसँग मैत्रीपूर्ण फुटबलको आयोजना गरिएको छ । जसको संयोजक अर्जुनराज पुरी रहेका छन् ।  त्यस्तै पाँचौ दिनमा कुश्मा नगरपालिका १३ धुस्तुङमा शैक्षिक सामाग्री वितरण कार्यक्रम तय गरेको छ । जसको संयोजकका रुपमा उत्तम क्षेत्री रहेका छन् । 

छौठो दिनमा कुश्माको लोकतान्त्रिक चोकमा सांस्कृतिक जगर्नेन ागर्नको लागि सांस्कृतिक र्याली कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रमको संयोजक भिष्मा थापा र अन्तिम दिनमा समापन शत्र गरी सप्ताह व्यापी कार्यक्रम सम्पन्न हुनेछ । समापन शत्रको संयोजन गोपाल रिजाल (गोविन्द) रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!