सिरहामा ट्रिपरको ठक्करबाट एकको मृत्यु, एकको अबस्था गम्भिर

Posted on: 15 Mar, 2018

राम नारायण पंडित/चैत ०१, सिरहा। पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्वामा ट्रिपरको ठक्करले मोटरसाइकलमा सबार एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएको छ ।

आज बिहान पूर्वबाट पश्चिमतिर जाँदै गरेको स १ क १७१ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको स ३ प १४५६ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा गम्भिर घाइते भएका मिर्चैया नगरपालिका ७ फूलबरिया बस्ने अन्दाजी २४ वर्षीय रामप्रताप यादवको उपचारको क्रममा मंगलम हेल्थकेयरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मिर्चैैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!