उदयपुरमा एसइइ परीक्षाको तयारीमा रहेका एक छात्रको मृत्यु

Posted on: 15 Mar, 2018

चैत १, उदयपुर |  त्रियुगा नगरपालिका– ११ गाईघाट बजारस्थित उदयपुर बोर्डिङ स्कुलमा अध्ययनरत भई यही चैत ८ गतेदेखि हुने एसइई परीक्षाको तयारी गरिरहेका एक छात्रको हृदयाघातका कारण आज मृत्यु भएको छ । 

बिहानै घरबाट परीक्षाको तयारीका लागि ट्युशन पढ्न साइकलबाट स्कुल आउँदै गरेका त्रियुगा नगरपालिका– ९ गैरुनका १७ वर्षीय रोशन दनुवारको बेहोस भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताउनुभयो । 

दनुवारलाई साथी तथा स्थानीयवासीले तत्कालै उपचारका लागि जिल्ला अस्पताल पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दैनिक बिहान बेलुकी घरबाट विद्यालयमा हतारमा जानुपर्ने बाध्यताका कारण हृदयाघात भएको हुनसक्ने जनाइएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!