तुम्बेवामा सामुदायिक वन उपभोक्ता महासंघ गठन

Posted on: 16 Mar, 2018

जितेन्द्र भण्डारी | चैत २, पाँचथर | पांचथरको तुम्बेवा स्थित मौवाको ओखरबोटेमा गाउँपालिका स्तरीय सामुदायिक वन उपभोक्ता महासंघ गठन गरिएको छ ।  खेम बहादुर निरौलाको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिती गठन गरिएको हो ।

समितीको उपाध्यक्षमा घलेन्द्र बहादुर लिम्बू कुरुम्बाङ,सचिवमा भिममाँया राई,कोषाध्यक्षमा गंगा दर्जी लगायत रहनुभएको छ ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा तुम्बेवा गाउँपालिका उपप्रमुख धन प्रसाद साँवाले सामुदायिक वनको संरक्षण संर्वद्धन र प्रर्वद्धन गर्न पालिकाले आवश्य निती निर्माण बनाएर लैजाने बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ पाँचथर जिल्ला अध्यक्ष देवी न्यौपानेले मुलुक संघिय संरचनामा गइसकेको हुँदा अव वडा तह सम्म सामुदायिक वन उपभोक्ता महासंघ गठन लाई अघि वढाउने बताउनुभयो ।

महासंघका सचिव राजेन्द्र काफलेले कार्यक्रममा उपस्थित महानुभावहरुलाई महासंघको रणनिती,योजना तर्जुमा लगायतको विषयमा प्रशिक्षत पार्नुभएको थियो । कार्यक्रममा जिल्ला वन कार्यालयका सहायक वनअधिृकत कालीका कान्त पण्डितले सामुदायिक वन संरक्षण सर्वद्धन र प्रर्वद्धनका निम्नि पालिकाहरु पनि लाग्नुपर्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!