जनसेवा समाजद्धारा माजीलाई खाद्यन्न तथा लत्ताकपडा प्रदान

Posted on: 17 Mar, 2018

चैत्र ३, पाँचथर | पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ बस्ने अति बिपन्न परिवार की आसमाँया माजीलाई जनसेवा समाज पाँचथरले घरमै गएर खाद्यान्न तथा लत्ताकपडा प्रदान गरेको छ ।

कोरियामा कार्यरत राजन खड्काको सहयोगमा २ बोरा चामल, सिरक, डस्ना र २ जोर लगाउने कपडा बितरण गरिएको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताउनुभयो ।  

जनसेवा समाजले लामो समयदेखि नै विपन्न ब्यक्ति र परिवारलाई सहयोग गर्दे आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!