कुश्मा नगरपालिका; महिला संजालको अध्यक्षमा भण्डारी सर्वसम्मत

Posted on: 17 Mar, 2018

शिला पाण्डे | चैत ३, पर्वत । कुश्मा नगरपालिका ६ मा सक्रिय महिला संजालको अध्यक्षमा सरिता भण्डारी सरु सर्वसम्मत रुपमा चयन भएकी छिन् । वडा कार्यालयको शुक्रबार बसेको भेलाले सरिता भण्डारी शरुको अध्यक्षतामा १५ सदस्यीय  कमिटि गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा भिम कुमारी चालिसे, उपाध्यक्षमा  याम कुमारी परियार, सचिवमा सिता केसी, कोषाध्यक्षमा गीता गिरी, सहसचिवमा संगिता रेग्मी लामिछाने, सहकोषाध्यक्षमा विष्णु कुमारी गिरी (विजुला) चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा बाग्मती गिरी, केशमा पुरी, पुष्पा गिरी, शान्ति  गुरुङ, मन्जिला खातुन, ज्ञान कुमारी पुन,शान्ति आचार्य, रञ्जु पौडेल गिरी रहेका छन् ।

सोही भेलाले  पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । जसमा कमला प्रधान, पवित्रा गिरी, नन्दकली पोख्रेल, शोभा गिरी, सुनिता गिरी रहेका छन् ।

कुनपा ६ का वडा अध्यक्ष रुद्र गिरीले सक्रिय महिला संजाललाई वडा कार्यालयबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । उनले महिलाहरुको हकहित र वडाको विकासको लागि सक्रिय महिला समुहको सक्रियता रहने समेत बताए ।

सरिता भण्डारी सरुले महिलाहरुलाई शसक्तिकरण गर्दै विभिन्न सिप मुलक तालिमबाट महिलाहरुलाई नेतृत्व, क्षमता विकासमा जोड दिने बताइन् । कार्यक्रमको संचालन सचिव सिता केसीले गरेकी थिइन भने कार्यक्रममा स्वागत भिम कुमारी चालिसे र धन्यबाद मन्तव्य गिता गिरीले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!