मिर्चैयामा लामखुट्टे आतंक, नगरपालिका मस्त निद्रामा

Posted on: 17 Mar, 2018

बिनय यादव | चैत ३, सिरहा | गर्मी सुरु भएसंगै मिर्चैयामा लामखुट्टे आतंक फैलिएको छ । गर्मी महिनामा बढी हुने लामखुट्टेको टोकाइबाट मिर्चैयाबासी हैरान भएका छन् । लामखुट्टेको आतंक बढेपछि पिडित बनेका मिर्चैयाबासी यसको निराकरणको प्रयास नहुँदा झनै समस्यामा परेका छन् ।

नगरपालिकाको नाला तथा खाल्डोहरुमा पानी जमेर बिकराल रुपमा बढेका लामखुट्टेहरुले बिहान, बेलुकादेखि रातीसम्म आतंक मच्चाउन थालेपछि त्यसबाट डेंगु, मलेरिया लगायतका रोगहरु बढ्न सक्ने आशंका स्वास्थ्यकर्मीहरुले बताउछ्न् ।

नगर क्षेत्रभित्र बढेको लामखुट्टे नियन्त्रण गर्न मिर्चैया नगरपालिका कार्यालयले कुनै पहल नथालेपछि समस्या झनै बढेको स्थानीयहरुले बताए । एक स्थानीयले भने, ‘अब त खाना खाने, पढने, टिभि देख्ने, सुत्ने देखि लिएर शौच गर्ने समयमा समेत लामखुट्टेहरुले टोक्न थालेका छन्, दिनदिनै गर्मि बढी रहेकोे छ, लामखुट्टेकै कारण खुल्ला ठाँउमा बस्न समेत नसकिने भइयो’ घर भित्र पनि साँझ पर्नासाथ झुलमा बस्नु परेको बाध्यता छ ।' लामखुट्टेका कारण आफुहरुको दैनीक समस्यामा परेको भन्दै त्यसको समाधान गर्न स्थानीयले नगरपालिकासँग माग समेत गरे ।

नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका नाला र फोहरको उचित व्यवस्थापन नहुँदा बढ्दै गएको लामखुट्टे आतंकलाई नियन्त्रण गर्न नगरपालिका कार्यालयले औषधि नछर्दा समस्या झनझन बढ्दै गएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!