पाँचथरमा सुआहारा र नेपाल जनउद्धारले वाढ्यो उन्नत जातका कुखुरा

Posted on: 18 Mar, 2018

जितेन्द्र भण्डारी/चैत्र ४, पाँचथर | सुआहारा र नेपाल जनउद्धार संघद्धारा सयुक्त रुपमा पाँचथरको हिलिहाङ गाउँपालिकाको अमरपुर र भारपामा आज ५ सय १० वटा उन्नत जातका कुखुराहरु वितरण गरिएको छ ।


अमरपुरमा २ सय ६० वटा,भारपामा २ सय ५० वटा कुखुराहरु वितरण गरिएको सुआहारा पाँचथरका संयोजक भरत शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार हजार दिने आमा र स्वास्थ्य स्वयम सेविकाहरुलाई प्रति परिवार ५ वटा दरले कुखुरा वितरण गरिएको हो ।

घरायसी खाद्यन्न उत्पादन कार्यक्रम अन्र्तगत पाँचथरका विभिन्न स्थानिय तहका १७ वटा वडाहरुमा गरेर ४० लाख रुपैया बरावरको १० हजार कुखुराहरु वितरण गरिएको उहाँले बताउनुभयो ।

गर्भावस्था देखि २ वर्ष उमेर समूहका आमाहरुलाई पोषण प्राप्त होस् भन्ने उदेश्यले प्रति परिवार २ वटा भाले र ३ वटा पोथी कुखुरा वितरण गरिएको उहाँले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!