खाँडादेवी गाउँपालिकाको राकाथुममा बर्थिङ सेन्टर संचालन

Posted on: 18 Mar, 2018


चैत्र ४, रामेछाप । रामेछापको खाडाँदेवी गाउँपालिका–१ राकाथुममा बर्थिङ सेन्टर (प्रसुती सेवा) सञ्चालनमा आएको छ । युनिसेफको ८२ लाख सहयोगमा एक बर्ष अघि निर्माण कार्य सुरु भएको बर्थिङ सेन्टर  बर्थिङ सेन्टर सञ्चालनमा आएको हो । चार वटा कोठा रहेको भुकम्प प्रतिरोधी भवन निर्माण भएसँगै अहिले गाउँका गर्भवती महिलाहरुले सुविधा पाउने भएका छन् । २४ सै घण्टा सेवा दिने उदेश्यको साथ बर्थिङ सेन्टर स्थापना भएको हो ।



हस्तातरण कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले बर्थिङ सेन्टर स्थापना भएसँगै गाउँमै सेवा सुविधा उपलब्ध हुनु सुखद पक्ष रहेको बताउनुभयो । उहाँले निर्माण कार्यमा सहयोग गर्ने युनिसेफलाई धन्यवाद दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश साह, युनिसेफका सरोज पण्डित, दिपेन्द्र महर्जनले बर्थिङ सेन्टर निर्माणको सहज रुपमा सेवा उपलब्ध गराउने धारणा व्यक्त गरेका थिए ।


कार्यक्रममा खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखाका अधिकृत ओमप्रकाश श्रेष्ठ, वडा सचिव रामकृष्ण अर्याल, वडा सदस्यहरु, स्वास्थ्य स्वयम् सेविका, स्थानीयहरुको सहभागीता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!