महिला अधिकार मञ्चको संस्थागत बिकासको लागी २ दिने क्षमता बिकास तालिम सम्पन्न

Posted on: 19 Mar, 2018

श्याम थापा/सुस्ता ५ फाल्गुन | आधा पुरुष आधा नारी,सबैमा हक बराबरी भन्ने मुल नाराका साथ इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नगरपालिका ९ भुताहा स्थानिय अधिकार कार्यक्रमको आयोजनामा र एक्सन एड नेपालको सहयोगमा महिला अधिकार मञ्चको संस्थागत बिकासको लागी दुई दिने क्षमता बिकास तालिम प्रतापपुर गाउँपालिकाको गोपिगञ्जमा सम्पन्न भएको छ । 


राष्ट्रिय महिला अधिकार मञ्च बर्दघाट सुस्ता पश्चिम नवलपरासीकी अध्यक्ष बेनु पाण्डेको अध्यक्षतामा भएको क्षमता बिकास तालिममा जिल्ला कार्यसमितीका पदाधिकारीहरुको सहभागीता रहेको थियो । करिब ३० जनाको सहभागीता रहेको तालिमको सहजिकरण इन्द्रेणी सामाजिक बिकास मञ्च स्थानिय अधिकार कार्यक्रमका कार्यक्रम अधिकृत नारायण द्धत घिमिरे,श्याम थापा,गोबिन्द पाठक र एकता न्यौपानेले सहजिकरण गर्नु भएको थियो । 

महिला अधिकार मञ्चको दिगो संस्थागत बिकासका लागी ज्ञान र धारणा बिकास गर्ने,महिला हिसां बिरुद्ध पैरवीका लागी मञ्चका सदस्यहरुलाई सक्षम बनाउने र महिला सहभागीता बृद्धि गर्ने वातारण बनाउन नितिगत वकालका लागी सबल संगठन बनाउने दुई दिने तालिमको उद्धेश्य रहेको थियो । भने तालिममा स्थानिय अधिकार कार्यक्रम बहिर्गमन हुने बारे,पितृसत्ता र यसले पारेका असरहरु बारे,सबिधानमा महिला अधिकार,सुरक्षित सार्वजनिक स्थल,पारिश्रमिक बिनाको सेवामुलक कार्य असमान कार्यबोझ बारे,सामाजिक न्याय र सशक्तिकरण सहभागीता यि बिषयमा छलफलमा  रहि तालिममा छलफल भएको प्रशिक्षक नारायण द्धत घिमिरेले जानकारी दिनु भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!