परीक्षाको अवस्थामा सुधार गर्न मन्त्री यादव निर्देशन

Posted on: 20 Mar, 2018

सुरेन्द्र सिंह/चैत्र ६,जनकपुरधाम।आन्तरिक मामिला तथा कानून मन्त्री  ज्ञानेन्द्र  कुमार यादवले रामसगर रामस्वरुप बहुमुखी क्याम्पस जनकपुरधाम सोमबारअनुगमन गरेका छन्।

मानविकी स्नात्तकोतर विषयको परीक्षामा मन्त्री यादवले अनुगमन गरेका हुन्।


परीक्षा अनुगमनको क्रममा मन्त्री यादवले विगतको भन्दा परीक्षाको अवस्थामा सुधार देखिए पनि अझ ब्यवस्थित र प्रभावकारी बनाउन आवश्यक देखिएको बताए । उनले शैक्षिक अवस्था  लगायत  परीक्षामा  भईरहेको बिकृती प्रति चरम राजनीतिकरणको आरोप लागिरहेको अवस्थामा अबको राजनीति प्रभावकारी शैक्षिक ब्यवस्था र मर्या्दित परीक्षा प्रणालीको लागि हुने तर्क गरे। परीक्षा प्रणाली सुधार भए शिक्षाको सबै पक्षमा सुधार  हुने  बताउँदै  उनले आर्थिक  प्रलोभनमा परेर कसैले परीक्षा   विगार्नेलाई कुनै पनि हालतमा छुट नदिने बताए।

 अन्य नियमित कार्यक्रम भन्दा  शिक्षालाई प्रमुख प्राथमिकतामा राखिने र अवको  प्रदेश  सरकारको  मुख्य काम  शिक्षालाई मर्या्दित र ब्यवस्थित बनाउने प्राथमिक्ता पाउने बताए । क्याम्पस  प्रमुख प्राध्यापक डा. विजय  कुमार लाल लगायत सहायक क्याम्पस  प्रमुख  र कर्मचारी  संघका अध्यक्ष समेतको उपस्थितीमा मन्त्री यादवले परीक्षा प्रणाली सुधारको लागि जस्तो सुकै सहयोग गर्न तथा कदम चाल्न  प्रदेश सरकार तयार रहेको  प्रतिवद्धता ब्यक्त गरे ।”


यस बिषयमा तपाइको प्रतिक्रिया...!